‘एक किलो तौल घट्दा एक वर्ष आयु बढ्छ’

देशसञ्चार

काठमाडौं

मोटोपना रोग हो भन्ने कुरा धेरैलाई अझै थाहा छैन। चिकित्सकहरू मोटोपनालाई रोगको खानी भनेर बुझ्ने गर्छन्। पछिल्लो समय मोटोपनाको समस्या बढ्दै गएको विज्ञहरूले बताउने गरेका छन्। विभिन्न अनुसन्धानका अनुसार संसारमा प्रत्येक वर्ष ३० लाख मानिसले मोटोपनाकै कारण अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था छ।

चिकित्सकका अनुसार अबको केही वर्षमा मोटोपना मानिसको मृत्युको प्रमुख कारण बन्नेछ। परिवर्तित जीवनशैलीका कारण मोटोपनाको समस्या बढ्दै गएको विज्ञहरू बताउँछन्।

प्रमुख स्वास्थ्य समस्याको रूप लिँदै गएको मोटोपनाबाट छुट्कारा पाउन बेरियाट्रिक शल्यक्रिया हुने गरेको छ। कसरी गरिन्छ यसको शल्यक्रिया, यसका फाइदा कति र कस्तो व्यक्तिका लागि उपयुक्त भन्ने विषयमा ग्यास्ट्रो सर्जन डा. राकेश साहसँग गरिएको कुराकानी 

प्रकाशित मिति: : 2022-04-20 18:43:00

प्रतिकृया दिनुहोस्