पोखरा महानगरकाे मेयरमा गनेस पौडेलले दर्ता गराए उम्मेदवारी 

लेखक गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेदवारी दर्ता गराएका हुन्। 

उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका थिए। उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेदवारी दिएको बताए। 

स्थानीय तहमा दलीयभन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए। यसमा युवाहरुको पनि चासो बढी रहेको छ। जित लगभग सुनिश्चित जस्तै छ, उनले भने।

त्रिपक्षीय मत बाडीने हुनाले ६० हजार मत ल्याएर जित्ने आँकलन गरेको उनले सुनाए। हालसम्म पोखरामा मेयर पद सहित १७ जनाले अटेरी उम्मेदवारी दिने घोषणा गरि सकेका छन्।

अहिले मुख्य राजनीतिक दलका उम्मेदवार बाहेक स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुले उम्मेदवारी दर्ता गराई रहेका छन्।

प्रकाशित मिति: : 2022-04-24 12:51:00

प्रतिकृया दिनुहोस्