उत्तर कोरियाः किम जङ-अन सैन्य परेडमा सहभागी, परमाणुअस्त्र कार्यक्रम अझै बलियो बनाउने घोषणा

बिबिसी

काठमाडौँ

कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा प्योङ्याङमा सैन्य परिड आयोजना भएको थियो

उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशले परमाणुअस्त्रको सङ्ख्या बढाउने उद्घोष गरेका छन्।

सोमवार राति आयोजित एउटा सैन्य परेडमा सम्बोधन गर्दै उनले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने घोषणा गरेका हुन्।

उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम पनि प्रदर्शन गरिएको थियो।

गत मार्च महिनामा उत्तर कोरियाले सन् २०१७ यता सबैभन्दा ठूलो आईसीबीएम परीक्षण गरेको थियो।

प्रकाशित मिति: : 2022-04-26 18:43:00

प्रतिकृया दिनुहोस्