अमेरिकाले भारतको दृष्टिबाट नेपाल हेर्छ कि दिल्लीले आफ्नो आँखाबाट देखाउँछ

बिबिसी

काठमाडौँ

कूटनीतिक विषयका विज्ञहरूले संयुक्त राज्य अमेरिकाले नेपालको सार्वभौमसत्तालाई समर्थन गर्दै आएको भए पनि आफ्ना कतिपय रणनीतिक स्वार्थका कारणले नेपाल हेर्न "दिल्ली दृष्टि प्रयोग गर्ने गरेको" बताएका छन्।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच प्रत्यक्ष कूटनीतिक सम्बन्ध कायम भएको यो साता ७५ वर्ष पुगेको छ।

परराष्ट्र मामिलाका एक अध्येताले नेपाललाई आफ्नो दृष्टिबाट अमेरिकासामु प्रस्तुत गर्न भारत सफल भइरहेको टिप्पणी गरेका छन्।

तीन दिशामा भारत र एकातर्फ चीनको तिब्बतसँग सीमाना जोडिएको नेपालका कतिपय मामिलालाई वाशिङ्टनले सोझै हेर्नुपर्ने धारणा विगतमा सरकारी अधिकारीहरूले पनि राखेका थिए।

प्रकाशित मिति: : 2022-04-30 18:47:00

प्रतिकृया दिनुहोस्