मिस यु आमा!

मदन नेपाली

काठमाडौं
Breaknlinks
Breaknlinks

संसारमा देखेका सबै बस्तुमा आमालाई चित्रण गर्ने गरेकाे छु। आमा त्यसैले त तिमी सृष्टी हाै। गर्भमा राखेर सन्तानकाे सुरक्षा गर्दै, आफैलाई पीडाकाे पाेखरीमा राखेर हामीलाई धर्तीमा टेकाउने पनि तिमी नै हाै। आफ्नाे आत्मालाई हाम्राे आत्मासँग जाेड्ने पनि तिमी नै हाै, आमा। आफ्ना कहियाैँ रहर, इच्छा, चाहना र उद्देश्यलाई बली चढाएर हाम्राे ओठकाे मुस्कान देख्न चाहने पनि त तिमी नै हाै, मेरी आमा।

सम्झनै पर्ने ती क्षण भनेर लेख्ने हाे भने पागल भन्लान तर आामालाई सम्झ्न पनि कुनै कारण चाहिन्छ र ? खुसी हुँदा हाेस् या दुखी हुँदा हरेक पल सम्झने भनेकाे त आमा नै हाे। खुसीका क्षण अझै कम सम्झन्छु हाेला तर दुःखका पलहरूमा सम्झिनै रहन्छु, आमा। बाटाेमा हिँड्दा ठेस लागेर हाेस्, कहीँकतै नराम्राे घटना देखेर हाेस् वा हजुरकाे बुहारीसँग झगडा पर्दा हाेस्, आफ्नाले मन दुखाउँदा हाेस् वा दिनमा भाेकाउँदा हाेस्, काम गर्दा थाकेर हाेस् वा भाइ बहिनीले सताउँदा हाेस्, हावा हुरी र गर्मीले सताउँदा हाेस् वा जीवजन्तुले टाेक्दा हाेस्, जीवनकाे दाैरानमा लड्दा हाेस् वा अरू त अरू बुबालाई फाेन गर्दा पनि आमा खाेइ ? भनेर तिमीलाई नै सम्झन्छु, आमा।

यसाे भन्दै गर्दा के तिम्राे ऋण तिर्न सक्छु र आमा ? म मात्रै हाेइन संसारमा कुनै पनि सन्तनले आमाकाे ऋण तिर्न सकेका छैनन्, आमा।

तर, तिर्न सकिने र मिल्ने भएपनि म त तिर्ने थिएन, आमा। किन ? तिमी प्रश्न गराैंली, तिमी त छुच्ची छाै आमा। म पनि त हजुरकै काेखबाट जन्मिउकाे हुँ। ममा पनि त तिम्राे गुण सरेका छन नि त।

यदी म व्यावसायी अनि तिमी  बैंक हुन्थ्याै रे। मैले केही क्षणिक ऋण तिमीदेखि लिएकाे छु रे, भाेलि मसँग मनग्य आम्दानी भयाे रे, मैले बैंककाे ऋण अर्थात् तिम्राे ऋण तिरिसकेँ रे, ऋण हुञ्जेल पाे बैंककाे नाम जाेडिन्छ नि, आमा। ऋण तिरिसकेपछि बैंक नै बिर्सने व्यवसायी बन्ने छैन, आमा।

त्यसैले मलाई हरेक पलकाे ऋणी बनाएर प्रकृतिले दिएकाे बर्दान समालेर तिम्राे काेखदेखि जन्म लिएकाे छ। हरेक पल खुसी दिने प्रतिबद्धता राख्ने छु आमा। तर, आमा ऋण तिर्ने कुराकानी कहिले गर्ने छैन।

बुझ्याैकी अझै बुझाउनुपर्ने ?

कहिले भुलाैंला ९ महिना काेखमा राख्यकाे ?
कहिले भुलाैंला दु :ख पर्दा न्याँनाे अङ्गालाेमा राेएकाे ?
कहिले भुलाैंला लडिबढी हिडेकाे र ताेते बाेली फुटाएकाे ? 
कहिले भुलाैंला काम बिगारेर तिमीले बुबाकाे गाली खाएकाे ?
कहिले भुलाैंला मलाई चाडबाडमा नाैलाे पारेकाे ?
कहिले भुलाैंला मावल जादाँ सफा चिटिक्क पारेकाे ?
कहिले भुलाैंला मलाई हुर्काउन आधा पेट खाँदै साहुकाे मेला पात गरेकाे ?
कहिले भुलाैंला मेराे भविष्यकाे लागि दाउरा बेचेर, गिट्टी कुटेर पढाएकाे ?
कहिले भुलाैंला मेराे फाेनकाे प्रतीक्षा गर्दै बसेकाे ?
कहिले भुलाैंला मेरा लागि चिसाे भात तताउँदै मध्य रातमा उठेकाे ?
कहिले भुलाैंला मेरै लागि भाेकै सुतेकाे ?
कहिले भुलाैंला मेरा लागि बुहारी खाेज्दै गाउँ चाहारेकाे ?
कहिले भुलाैंला मैले मात्र खुसी दिन्छ भनि आशै आशमा कुरेकाे ?
कहिले भुलाैंला यत्रतत्रा मेरा लागी सर्वत्र त्याग गरेकाे ?

अझै पनि भन्छु आमा तिम्रा आँखामा आँशु सुहाउनन्। उदासी तिम्राे मुहार सुहाउँदै आमा। मातातीर्थ औँसीकाे लाखाैँ लाख शुभकामना मेरी आमा।, मिस यु आमा !

प्रकाशित मिति: : 2022-04-30 19:14:00

प्रतिकृया दिनुहोस्