स्थानीय तह निर्वाचनमा महिला सहभागिताः एमाले ४१.७९ प्रतिशत, कांग्रेस ४०.९९ प्रतिशत, माओवादी ४०.२९ प्रतिशत

File Photo
File Photo

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलको तर्फबाट उम्मेदवारी दिनेमध्ये ३७.८३ प्रतिशत महिला रहेका छन्। 

निर्वाचन आयोगको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३ हजार २२० जनामध्ये ५७ हजार ९६७ जना महिला रहेका छन्। 

स्थानीय निर्वाचनमा सबैभन्दा बढी महिला उम्मेदवार नेकपा ९एमाले०ले उठाएको छ। एमालेको तर्फबाट उम्मेदवारी दिने ३३ हजार ५०३ जनामध्ये १४ हजार ४ जना ९४१।७९ प्रतिशत० महिला रहेका छन्।

एमालेले प्रमुख पदमा २७, अध्यक्षमा २८, उपप्रमुखमा २६०, उपाध्यक्षमा ४१०, वडाध्यक्षमा ११८, महिला सदस्यमा ६ हजार ४११, दलित महिला सदस्यमा ६ हजार २०९ र सदस्यमा ५४१ जना महिलालाई उम्मेदवार बनाएको छ। 

स्थानीय निर्वाचनमा महिला उम्मेदवारको दोस्रो ठूलो संख्या नेपाली कांग्रेसमा रहेको छ। कांग्रेसको तर्फबाट उम्मेदवारी दिने कूल ३१ हजार ४२५ जनामध्ये १२ हजार ८८२ जना ९४०।९९ प्रतिशत० महिला रहेका छन्। 

कांग्रेसको तर्फबाट प्रमुखमा १२, अध्यक्षमा १९, उपप्रमुखमा १८२, उपाध्यक्षमा २९३, वडाध्यक्षमा ८०, महिला सदस्यमा ६ हजार ९२, दलित महिला सदस्यमा ५ हजार ८२८ र सदस्यमा ३७६ जना महिलाले उम्मेदवारी दिएका छन्। 

महिला उम्मेदवारमा तेस्रो ठूलो संख्या नेकपा ९माओवादी केन्द्र०को रहेको छ। स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट कूल २२ हजार २७९ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ८ हजार ९७७ जना ९४०.२९ प्रतिशत० महिला रहेका छन्। 

माओवादीले प्रमुखमा १८, अध्यक्षमा २९, उपप्रमुखमा १३३, उपाध्यक्षमा २०३, वडाध्यक्षमा ९२, महिला सदस्यमा ४ हजार १८७, दलित महिला सदस्यमा ३ हजार ९१८ र सदस्यमा ३९७ जना महिला उम्मेदवार उठाएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले यसपटकको स्थानीय निर्वाचनमा कूल १२ हजार ७५२ जना उम्मेदवार उठाएको छ। उठाएकोमध्ये ४ हजार ६०८ जना ९३६।१३ प्रतिशत० महिला उम्मेदवार रहेका छन्। 

राप्रपाले प्रमुखमा २७, अध्यक्षमा १५, उपप्रमुखमा १९९, उपाध्यक्षमा १८५, वडाध्यक्षमा १२२, मलिहा सदस्यमा २ हजार १४३, दलित महिला सदस्यमा १ हजार ६८२ र सदस्यमा २३५ जना महिलालाई उम्मेदवारी बनाएको । 

नेकपा ९एकीकृत समाजवादी०ले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उठाएका कूल ११ हजार ३३० उम्मेदवारमध्ये ४ हजार २६७ जना ९३७।६६ प्रतिशत० महिला रहेका छन्। 

एकीकृत समाजवादीले प्रमुखमा २३, अध्यक्षमा १२, उपप्रमुखमा १०७, उपाध्यक्षमा ११२, वडाध्यक्षमा ७२,  महिला सदस्यमा २ हजार २७, दलित महिला सदस्यमा १ हजार ६२७ र सदस्यमा २८७ जना महिलालाई उम्मेदवार बनाएको छ। 

जनता समाजवादी पार्टी ९जसपा०, नेपालको तर्फबाट उम्मेदवारी दिने ९ हजार ४८१ जनामध्ये ३ हजार ६७१ जना ९३८।७१ प्रतिशत० महिला रहेका छन्।जसपाले प्रमुखमा १५, अध्यक्षमा १०, उपप्रमुखमा ११०, उपाध्यक्षमा १३१, वडाध्यक्षमा ६२, महिला सदस्यमा १ हजार ७००, दलित महिला सदस्यमा १ हजार ४९८ र सदस्यमा १४५ जना महिला उठाएको छ। 

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालको तर्फबाट यसपटकको स्थानीय तह निर्वाचनमा ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ जसमध्ये १ हजार ९३२ जना ९४०.५७ प्रतिशत० महिला रहेका छन्। 

लोसपाले प्रमुखमा ५, अध्यक्षमा ३,  उपप्रमुखमा ७३, उपाध्यक्षमा ५४, वडाध्यक्षमा ३७, महिला सदस्यमा ८६४, दलित महिला सदस्यमा ८०० र सदस्यमा ९६ जना महिलालाई उम्मेदवार बनाएको छ। 

प्रकाशित मिति: : 2022-05-02 12:57:00

प्रतिकृया दिनुहोस्