पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे एु विरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ। नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्वेलाई ब्याटिङ निम्तो दिएका हुन्।
आइतबार भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा चुकेको नेपाल घरेलु मैदानमा पराजित भएको थियो। त्यसैले नेपाल दोस्रो खेलमा हारको बदला लिदै शृंखला १(१ को अवस्थामा ल्याउन चाहन्छ।
नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारी स्वरुप जिम्बाब्बेसँग खेल्न लागेको हो। यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछि तीन टी-२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी-२० अगाडि सारिएको थियो।
तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ। त्यसपछि तीन एकदिवसीय खेल हुने क्यानले जनाएको छ।