आसन्न स्थानीय तह निर्वाचन नजिकिँदै छ। चुनाव नजिकिएसँगै चुनावी माहोल पनि व्यापक बनेको छ।
नेताहरु भोट माग्दै घरदैलो र विभिन्न आमसभामा व्यस्त छन्। चोकचोकमा चुनावी चर्चा र चुनावी आमसभाले भरिभराउ छ। निकै महत्वका साथ हेरिएको पोखरा महानगरमा पनि चुनावी माहेल व्यापक बनेको छ।
आसन्न स्थानीय तह निर्वाचनका लागि पोखरा महानगर प्रमुखमा २३ जना भिड्ने राजनीतिक दलको हिसाबले नेकपा एमालेका कृष्ण थापा, गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य प्रमुख पार्टीका हुन्।
यद्यपि, पोखरा महानगर प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका अन्य उम्मेदवारहरु पनि कमजोर भने पक्कै छैनन्।
अघिल्लो स्थानीय तह निर्वाचनमा पोखरा महानगर नेकपा एमालले १३ हजार मतान्तरले जितेको थियो। एमालेबाट निर्वाचित मेयर मानबहादुर जिसी कांग्रेसका रामजी कुँवरलाई भारी मतान्तरले हराएका थिए।
प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेर महानगर प्रमुख पदमा उम्मेदवारी दिन आएका एमालेका कृष्ण थापा उम्मेदवारका रुपमा छन्।
गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य एमालेको मत आफ्नो पोल्टामा पारेर जित्ने बताइरहेका छन्।
उसो त अहिले देशव्यापी बनेको अटेरी समूहका मेयरका दाबेदार गनेस पौडेल (खड्गराज पौडेल) पनि चर्चित छन्। अब नतिजा भने के आउँछ चुनावले नै बताउने छ।
यी हुन् पोखरा महानगर प्रमुख र उपप्रमुखका दाबेदार
पोखरा महानगर उपप्रमुख पदका लागि ८ जनाको उम्मेदवारी दर्ता गराएका छन्।
मेयरको उम्मेदवारको नाम र राजनीतिक दल, (स्वतन्त्र)
१. कृष्णबहादुर थापा (नेकपा एमाले)
२. धनराज आचार्य (नेकपा एकीकृत समाजवादी)
३. अनिलकुमार राई (संघीय लोकतान्त्रिक मञ्च)
४. आशिष थापा (उन्नत लोकतन्त्र पार्टी)
५. किशान सिंह गुरुङ ((स्वतन्त्र))
६. खड्क राज पौडेल (स्वतन्त्र)
७. गोविन्दप्रसाद शर्मा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)
८. डिलबहादुर गुरुङ (स्वतन्त्र)
९. नवराज बास्तोला (स्वतन्त्र)
१०. प्रेमप्रसाद गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन)
११. भोजराज खनाल (सचेत नेपाल पार्टी)
१२. भोजराज त्रिपाठी (नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी)
१३. मुक्ती नाथ सुवेदी (नेपाल जनता दल)
१४. मुना बानिया (आमुल परिर्वनत मसिहा पार्टी नेपाल)
१५. रनबहादुर दमै (देशभक्त समाज)
१६. रामराज अधिकारी (स्वतन्त्र)
१७. विमलबहादुर कार्की (स्वतन्त्त)
१८. शुशिल केसी (अधिकारी) (विवेकशील साझा पार्टी)
१९. शंकर खराल (राष्ट्रिय प्रजातन्त्र पार्टी)
२०. संजय तिमिल्सिना (मौलिक जरोकिलो पार्टी)
२१. सरण सिंह मोक्तान (जनमत पार्टी (जपा)
२२. सुनिलबहादुर कोइराला (स्वतन्त्र)
२३. सृजनादेवी रिजाल कार्की (राष्ट्रिय नागरिक पार्टी)
उपमेयर उम्मेदवारको नाम र राजनीतिक दल, (स्वतन्त्र)
१. मञ्जुदेवी गुरुङ (नेकपा नेकपा एमाले)
२. कोपिला रानाभाट (नेपाली कांग्रेस)
३. पदमबहादुर गुरुङ (आमूल परिर्वतन मसिहा पार्टी नेपाल)
४. माधव भण्डारी (विवेकशील साझा पार्टी)
५. रञ्जना कुमारी सेन पौडेल (राष्ट्रिय प्रजातन्त्र पार्टी)
६. शितला थापा (नेपाल कम्युनिष्ट पार्टी समाजवादी)
७. सोनाी परियार (सचेत नेपाली पार्टी)
८. सोममाया विक (स्वतन्त्र)