राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ।
सोमबार राति राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे। कोलकाताका लागि नितिश रानाले सर्वाधिक ४८ रन बनाए। यस्तै रिन्कु सिंहले ४२ रनको योगदान गरे।
यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो। राजस्थानका सन्जु सामसनले सर्वाधिक ५४ रन बनाए। यस्तै शिम्रन हिटम्मायर २७ रनको योगदान गरे।
जितसँगै कोलकाता १० खेलबाट ८ अंक जोडेर सातौं स्थानमा छ। राजस्थान १० खेलमा १२ अंक जोडेर तेस्रो स्थान छ।