अन्नपूर्ण गाउँपालिका वडा नं ९ मा एमालेको प्रचार प्रसार तीव्र

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ मा एमालेका उमेदवार लाई जिताउन प्रचार प्रसारलाई तीव्र पारिएको छ। प्रचार प्रसारसँगै गाउँगाउँमा कोण सभा समेत आयोजना गरिएको छ।

मंगालवार सावेतमा आयोजित कोण सभालाई सम्बोधन गर्दै वडा अध्यक्षका उमेदवार रमेश गुरुङले गाउँको विकास एमालेको स्थानिय सरकारले मात्र गर्ने बताए। 

पाँच वर्ष सम्म एमालेको स्थानिय सरकार नहुदा गाउमा सडक, शिक्षा, स्वास्थ्यको स्तर वृद्धि नभएकाले अवको निर्वाचनमा एमालेको उमेदवारलाई नै मत दिनुपर्ने बताए।

एमालेले जितेको स्थानिय तहहरुमा बिकासको लहर छाएको भएतापनि नेपाली कांग्रेसकै गाउँपालिका भएतापनि अन्नपूर्ण गाउपालिकामा विकास हुन नसकेको उनको भनाइ रहेको थियो।

नेकपा एमाले वडा कमिटि अन्नपूर्ण गाउपालिका वडा नम्बर ९ का अध्यक्ष पूर्ण राइको अध्यक्षतामा सम्पन्न कोण सभामा कमिटिका सचिव धन बहादुर क्षेत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए।

नेकपा एमाले वडा कमिटि अन्नपूर्ण गाउपालिका वडा नम्बर ९ को आयोजनामा हिले, तिखेढुंगा, उल्लेरी, नयांगाउ, सावेत, सुदामे, बांझगरा लगायतका गाउँहरुमा कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको  प्रचार प्रसार संयोजक अष्ट लामाले जानकारी दिए।

नेकपा एमाले अन्नपूर्ण ९ मा एमालेको तर्फबाट अध्यक्षमा रमेश गुरुङ, खुल्ला महिला सदस्यमा पुष्पा पुन, दलित महिला सदस्यमा लक्ष्मी बिक, खुल्ला सदस्यमा जुविन्द्र पुन र खुल्ला सदस्यमा हिमलाल जैसी उमेदवार रहेका छन्।
 

प्रकाशित मिति: : 2022-05-03 20:56:00

प्रतिकृया दिनुहोस्