सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

file photo
file photo

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ। 

स्थानीय तह निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाले मुख्यमन्त्री भट्टसँग स्पष्टीकरण सोधेको बुधबार आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरि जनाएका छन्। 

यस्तै, आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि २४ घण्टे स्पष्टीकरण मागेको छ। 

प्रकाशित मिति: : 2022-05-04 22:02:00

प्रतिकृया दिनुहोस्