स्थानीय तह निर्वाचन आउन एक साता बाँकी रहेका बेला उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार र कार्यकर्ता मतदाताको घरघरमै पुगेर आफूलाई मत दिन आग्रह गरिरहेका छन्।
छायाँनाथ रारा नगरपालिकाको मेयरमा पाँचजना प्रत्यासी छन्। छायाँनाथ रारा नगरपालिकामा कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी र स्वतन्त्र गरी पाँच जनाको उम्मेदवारी परेको छ।
जसमध्ये वडा नं ४ का निवर्तमान वडा अध्यक्ष तथा कांग्रेस विष्णुकुमार भाम र वडा नं ५ का निवर्तमान वडाध्यक्ष तथा एमाले उम्मेदवार डम्बरबहादुर रावल मेयरका लागि चुनावी मैदानमा उत्रिएका छन्।