विद्रोह गरेको भन्नु एमालेलाई सहयोग गरेको हो : इन्द्र बानियाँ

File Photo
File Photo

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पाँच दलीय गठबन्धनका तर्फबाट विद्रोह गर्ने उम्मेदवारले एमालेलाई सहयोग गरेको बताएका छन्।

काठमाडौं शुक्रबार आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति बानिँयाले गठबन्धनको तर्फबाट बागी उम्मेदवारी दिएका उम्मेदवारले एमालेलाई सहयोग गरेको बताए। 

‘कतिपय साथीहरूले विद्रोह गरेँ भने। उनले त एमालेलाई सहयोग गरेको हो। हाम्रा उम्मेदवारलाई जिताएर अघि बढ्नुको विकल्प छैन्,’ उनले भने। एमालेबाट उठेका उम्मेदवार केशव स्थापितलाई चयन गर्दा केपी ओलीले आफू जस्तै हावादारी मान्छे खोजेको बताए।अनुशान नै नभएको मान्छेलाई ओलीले टिकट दिएको उनको आरोप छ। 

राजनीति न्याय, गरिब, सर्वहारा लगायतको लागि भएको भन्दै मेयरमा सृजना सिंहलाई जिताएर जनताले न्याय दिने बताए। 

नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंंगोलतर्फ लक्षित गर्दै कलेज पढ्ने भर्खरको व्यक्तिलाई उठाएको बताए। ‘कलेज पढ्नेलाई होइन, नलेज हुनेलाई जिताउने हो। एमालेले भर्खरको कलेज पढ्नेलाई टिकट दिएको छ,’ उनले भने।

प्रकाशित मिति: : 2022-05-06 15:43:00

प्रतिकृया दिनुहोस्