राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरपालिकालाई पार्टी कार्यालय जस्तो बनाएकाे आराेप लगाएका छन्।
महानगर जनताले तिरेको करबाट चलेको भन्दै उनले तिरो तिर्न आउँदा पनि पार्टीगत रूपमा जनतालाई विभेद गरिएको बताए। महानगरलाइ भर्ती केन्द्रजस्तो बनाएर पार्टीका कार्यकर्ता भर्ती गरिएको उनकाे आराेप छ।
भरतपुर महानगरपालिका र माडी नगरपालिका सम्भावना बोकेको ठाउँ भएको उनले बताए। एमाले र राप्रपाले भरतपुर र माडीमा चुनावी तालमेल गरेका छन्।
राप्रपा र एमाले राष्ट्रियताको सवालमा एक भएको भन्दै उनले राष्ट्रियताको सवालमा ओलीलाई धेरै माथि रहेको बताए। 'म राजनीति गर्न जाने होइन विकास गर्न जान्ने व्यक्ति हो,´ उनले भने।