बालेन शाह : साना कुरा गर्दै ठूलो सपना देखाउदै

डा. बाबुराम भट्टराई नेतृत्वमा ‘नयाँशक्ति’ पार्टी गठन हुँदै गर्दा वैकल्पिक राजनितीक शक्तिको विषयमा राम्रै बहस भयो नेपालमा । माओवादी नेतृत्वमा भएको शसस्त्र युद्धमा प्रत्यक्ष सहभागी बाबुरामले आफु ‘अब माओवादी नरहेको’ भन्दै वैकल्पिक राजनीतिक शक्ति देशका लागि महत्वपूर्ण हो भन्दै गर्दा राजनीतिमा उती धेरै चासो नराख्नेहरु पनि नयाँ शक्तिमा आवद्ध भए ।

०७४ मा भएको निर्वाचनमा नयाँशक्तिको गति धिमा देखेपछि बाबुरामसंग जोडिएकाहरु क्रमश छुट्टिन थाले । कोही पुरानै पार्टीमा फर्किए त कतिपय फेरि राजनीतिमा मौन बसे । अन्तिममा बाबुराम स्वयं मधेश केन्द्रित संघिय समाजवादी पार्टीमा जोडिन पुगे ।

अहिले उनी जनता समाजवादी पार्टी (जसपा)को संघिय परिषद अध्यक्ष छन् । बाबुरामले जसपालाई अन्य दल भन्दा फरक हो भनेर दावी गरे पनि जसपा नेतृत्व र उक्त पार्टीमा आवद्ध नेताहरुको चालढाल र कार्यशैलीले वैकल्पिक शक्तिको छनक दिँदैन ।

बाबुरामले परिकल्पना गरेको वैकल्पिक शक्ति मुर्झाउदै गर्दा स्व. उज्जवल थापाको नेतृत्वमा विवेशील पार्टी गठन भयो । प्राय युवाहरु आबद्ध रहेको विवेकशीलले ‘नेपाल सँधै खुला छ’ भनेर अन्य राजनीतिक दल भन्दा फरक शैलिमा प्रस्तुत ग-यो आफुलाई ।

झिनो विषयमा कुरा नमिल्ने बित्तिकै दलिय राजनीतिक रोटी सेक्नका ‘नेपाल बन्द घोषणा’ गर्ने दलहरुका लागि नेपाल खुल्ला भन्ने शब्द आफैंमा द¥हो झराटो थियो । अहिले पनि विप्लवलगायत केही दलले नेपाल बन्दको घोषणा त गर्छन् तर, जनताले टेर्न छाडेका छन् । नेपालबन्दप्रति अटेरी हुन सिकाएको विवेकशील पार्टीले नै हो । विवेकशीलको गति क्रमश बढ्दै गएको बेला पत्रकार रविन्द्र मिश्रको नेतृत्वमा अर्को पार्टी गठन भयो साझा पार्टी ।

प्रकाशित मिति: : 2022-05-09 17:24:00

प्रतिकृया दिनुहोस्