निर्वाचन आयोगले आज (मंगलबार) राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ। आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएको थियाे।
तोकिएको अवधि र ठाउँमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
प्रवक्ता पौडेलले भने,‘मिति २०७९ वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य निषेध गर्न निर्णय आयोगले गरेको छ।’
यसअघि विभिन्न जिल्ल प्रशासनहरूले आफ्नाे जिल्लामा आजदेखि नै मादक पदार्थ वितरण र सेवन गर्न प्रतिबन्धमा राेक लगाउने निर्णय गरेका छन्।