जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान

जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान भएको छ। मतगणना सुरक्षित होस भनेर सीसीटीभी क्यामरा जडान  गरिएको हो।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईका अनुसार आठैवटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामरा जडान गर्न  यसअघि नै निर्देशन दिएको हो। उनले भनिन्, केहीमा जडान भइरहेको सूचना आएको छ । सबै कार्यालयले अनिवार्य गर्नुपर्नेछ ।'

यस्तै विगतको निर्वाचनमा टेलिफोननै नलाग्ने स्थानीय तहमा यसपटक सीसी क्यामरा जडान गरिने भएको छ।

प्रकाशित मिति: : 2022-05-10 16:59:00

प्रतिकृया दिनुहोस्