अन्तर्वार्ता सकिएपछि स्थापितले भने- 'कति ढ्याक्सी भएकी ? भुँडी किन भ्यात्त ?'

उकेरा

सलोजा दाहाल

नेपाल टेलिभिजनमा समाचार सम्पादकको जिम्मेवारीमा रहेकाले स्थानीय तह निर्वाचन नजिकिएसँगै रिपोर्टिङ गर्ने विषय पनि निर्वाचन केन्द्रित नै भए। कसरी निर्वाचन सम्बन्धी बढीभन्दा बढी विषय उठाउन सकिन्छ अनि अन्यभन्दा फरक एङ्गल दिन सकिन्छ भनेर समाचार कक्षमा नियमित छलछल हुन्छ नै।

अलि चर्चामा रहेका महानगरपालिका, नगरपालिका केन्द्रित समाचार बन्नु स्वाभाविक पनि हो।काम बाँड्दा मेरो जिम्मेवारीमा काठमाडौँ महानगरपालिका र उम्मेदवारको चुनावी अभियानबारे समाचार बनाउनुपर्ने आयो।

काठमाडौँमा मुख्य दलका उम्मेदवार मात्रै हैन स्वतन्त्र पनि प्रतिस्पर्धामा देखिए। यसका लागि मुख्य दलका उम्मेदवारसँगै चर्चामा रहेका स्वतन्त्र उम्मेदवारलाई समेत सम्पर्क गरेँ। केहीले भ्याउनुभयो। केहीले भ्याउनुभएन। सकेसम्म सबै पक्षलाई समेट्ने प्रयास गरिरहेको थिएँ।

एमालेका मेयर उम्मेदवार केशव स्थापितसँग प्रतिक्रिया लिने पहिलो दिनको प्रयास सफल भएन। त्यसपछि एङ्गल नै परिवर्तन गरेर निर्वाचनमा उम्मेदवारसँग नागरिकको अपेक्षा सम्बन्धी समाचार बनाएँ।

महानगर केन्द्रित भएर उम्मेदवारको प्रतिक्रिया सहित समाचार बनाउने काम बाँकी नै थियो। त्यसका लागि स्थापित बाहेकका उम्मेदवारसँग अन्तरवार्ता लिइसकेकी थिएँ। स्थापितसँग अन्तर्वार्ताका लागि पुन: प्रयास गरेँ।

यो कार्यालयको असाइनमेन्ट थियो। जसरी पनि पूरा त गर्नपर्‍यो। मुख्य दलकै उम्मेदवारको भनाइ नराखी अन्य दलको मात्र राख्दा 'बायस्ड' भएको आरोप आउने नै भयो चुनावमा। उम्मेदवारसँग सम्पर्क हुन नसकेपछि उनको सञ्चार हेर्ने मोहन बास्तोलामार्फत सम्पर्क गर्ने प्रयास त गरेँ तर सफल भएन। अनि मैले चुनावी सभामा भेटेर अन्तर्वार्ता लिने योजना बनाएँ।

उनी कहाँ-कहाँको सभामा जान्छन् भनेर खोज्न बसन्तपुरवासी नेपाल टेलिभिजनकै भिडियो एडिटर राजन महर्जनले सहयोग गरे। वैशाख २२ उनी गते बसन्तपुर क्षेत्रकै दमै टोलमा चुनावी सभामा रहेको सूचना पाएपछि बिहान करिब साढे १० बजे हामी त्यहाँ पुग्यौं।

प्रकाशित मिति: : 2022-05-11 11:09:00

प्रतिकृया दिनुहोस्