रसुवाका मतदानस्थल र मतदान केन्द्रको निरीक्षण

रसुवाका मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको छ। शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि निर्माणाधीन मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको हो।

बुधबार मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, निर्वाचन अधिकारी श्रीराम थापालगायतको टोलीले मतदानस्थल र मतदान केन्द्र निर्माण तथा निर्वाचनको व्यवस्थापनलगायतको स्थलगत निरीक्षण गरेका हुन्।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ। जिल्लामा तोकिएका मतदान स्थल र मतदान केन्द्रहरू निर्माणको कार्यलाई तीव्रता दिइएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए।

मतदानस्थल र मतदान केन्द्रमा मतदाताको लाइन निर्माण, मतदान गराउने कर्मचारी बस्ने स्थान, मतपेटिका राख्ने स्थानलगायतको व्यवस्थापनको कार्य भइरहेको उनले बताए।  बिहीबार बेलुकीसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुनेसमेत उनले बताए।

प्रकाशित मिति: : 2022-05-11 19:35:00

प्रतिकृया दिनुहोस्