मुगुमा कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १० राउण्ड हवाइ फायर

Symbolic photo
Symbolic photo

सोरु गाउँपालिका-३ भिँईगाउँमा बुधबार राति १ बजे नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।

घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।

उनका अनुसार भिँई गाउँ भिरालोमा रहेकाे र माओवादी केन्द्रका वडाध्यक्ष पदकी उम्मेदवार मनकाेला रोकायाकाे घरमा कांग्रेसका कार्यकर्ताले ढुंगा खसाल्ने सम्भावना भएकाले अवस्था नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाएकाे छ।

झडपबाट नवीय क्षेति भने भएको छैन । अहिले दुवै पक्ष छलपल गरेर सामान्य अवस्था रहेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2022-05-12 15:49:00

प्रतिकृया दिनुहोस्