हिमाली जिल्ला मुगुमा वर्षा भएको छ।
तर, वर्षाका बीच ओत लागेर मतदान भइरहेको छ। ओतका लागि पाल टाँगिएको छ।
चार वटा स्थानीय तह रहेका मुगुमा ३५ हजार ८९ जना मतदाता छन्।
जसमा महिला १६ हजार ९ सय ४५ र पुरुष १८ हजार १ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ।