राप्रपा नेता दिपक बोहराले गरे मतदान

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता दिपक बोहराले रुपन्देहीको सिद्धाथर्गनगर- ३ बाट मतदान गरेका छन्।

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका नेता बोहराले सिद्धार्थनगर ३ स्थित खजहना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यक्रममा सहभागी हुन नेता बोहरा बिहीबार गृह जिल्ला आएका थिए। ७ बजेर ५ मिनेटमा उनले मतदान गरेका हुन्।

प्रकाशित मिति: : 2022-05-13 08:03:00

प्रतिकृया दिनुहोस्