‘नागरिकता र लालपुर्जाका लागि पाटन जानु नपरोस्’

अनलाइनखबर

कृष्ण ज्ञवाली, अच्युत पुरी

वर्षा लागेपछि प्रायः पहिरो गएर बन्द हुने कान्ति राजपथको अधिकांश भाग कालोपत्रे भएपछि ललितपुर भट्टेडाँडाका टेकरनाथ तिमिल्सिना (६४) दंग छन् । दक्षिण ललितपुरको दुर्गम मानिने तीनपाने भञ्ज्याङदेखि छपेलीसम्म अहिले वर्षायाममा पनि बाटो अवरुद्ध हुँदैन। त्यसले उनलाई फुरुङ्ग बनाएको छ ।

‘अहिले जनप्रतिनिधि आएपछि यहाँका मानिसहरुलाई काम गर्न सहज छ । गाँउबस्तीमा बाटो पुगेको छ,’ भट्टेडाँडा आधारभूत विद्यालयमा मतदान सुरु हुनुभन्दा अघि रमिता हेर्न आएका उनी भन्छन्, ‘उल्कै विकास निर्माण भएन होला । गाँउ पहिलेभन्दा फेरिएको छ । मान्छेले सेवा सुविधा लिन पाएका छन् ।’

२०७४ सालको स्थानीय निर्वाचनमा गाँउगाँउमा सिंहदरबारको अधिकार आयो भन्दै उम्मेदवारहरुले मत मागेका थिए। शिक्षा, स्वास्थ्य लगायतका अधिकार गाँउगाउँमा पुगेको पनि छ । तर भट्टेडाँडावासी यतिमा सन्तुष्ट छैनन् ।

‘यहाँबाट जग्गापास हुँदैन, नागरिकता बन्दैन,’ उनी भन्छन्, ‘वडाध्यक्षले सिफारिस गरेपछि नागरिकता बनाउन पाटन जानुपर्छ । जग्गापास गर्न पाटन जानुपर्छ । भट्टेडाँडाले त्यो अधिकार कहिले प्रयोग गर्न पाउने हो ?’

प्रकाशित मिति: : 2022-05-13 15:58:00

प्रतिकृया दिनुहोस्