उपत्यकामा बिना पास चलाएका १२ सय ६९ वटा सवारी साधन होल्डमा

file photo
file photo

ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यका भित्र बिना पास चलाएका १ हजार २६९ वटा सवारी साधनलाई बिभिन्न स्थानमा होल्ड गरेको छ। 

होल्ड गरिएका सवारी साधनमध्ये १ हजार १८७ वटा दुईपाङग्रे र ८२ वटा चारपाङग्रे रहेका छन्। 

होल्ड गरिएका सवारी साधनलाई बेलुकी ७ बजे पछि मात्रै छाडिने र सो अवधिभर पास नलिएका अन्य सवारी साधन पनि संचालन नर्गन नगराउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। 

देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र  सञ्चालन भइरहेका छन्। स्थानीय तहको मतदान भइरहेकाले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। 

प्रकाशित मिति: : 2022-05-13 18:32:00

प्रतिकृया दिनुहोस्