अछामको रामारोशन गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउद विजयी भएका छ्न्। उनको पूरै प्यानल नै विजयी भएको हो।
उनी ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन्। कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा (एमाले)ले ३ सय ८० मत प्राप्त गरेका छन्।