बागचाैर नगरपालिकामा सय मत गणना गर्दा माओवादीकाे अग्रता

सल्यानको बागचाैर नगरपालिका वडा नम्बर–१२ मा १०० मत गणना गर्दा माओवादी केन्द्रका कृति बहादुर पुन प्रकाण्डले अग्रता लिएका छन्।

सय मत गणना गर्दा पुनले ५२ मत पाएका छन्। कांग्रेसका जनकराज गाैतमले ३५, एमालेका तिलक मल्ले १२ र स्वतन्त्र उम्मेदवार चित्र बहादुर डाँगीले १ मत पाएका छन्।

उपमेयरमा एमालेकी भक्तकुमारी वि.एम. ९, कांग्रेसकी दिपा बस्नेतले ३५ र माओवादी केन्द्रकी सुमनिमा डि.सीले ५५ मत ल्याएकी छन्।

वडा अध्यक्षमा माओवादी सेते ओलीले ५४ कांग्रेसका टिकाराम ओकालीले ४५ मत ल्याएका छन्।

बागचाैर नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीकाे गठबन्धन रहेकाे छ।

प्रकाशित मिति: : 2022-05-14 10:35:00

प्रतिकृया दिनुहोस्