दैलेखकाे महावुमा एमालेकाे प्यानल विजयी

दैलेख जिल्लाको महावु गाउँपालिका -१ मा एमालेका सर्वराज सार्की सहितकाे प्यानल विजयी भएकाे छ।

सार्कीले ६९२ मत ल्याएर विजयी भएका हुन। वडाध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका सूर्यराम सावदले ६३६, नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगनबहादुर थापाले ११ मत ल्याएर पराजित भएका छन्।

खुला वडासदस्यमा एमालेका जयबहादुर गुरुङले ७२३, बलबहादुर बयकले ७०९ मत ल्याएर विजयी भएका छन्। 

यस्तै, महिला सदस्यमा एमालेका सरस्वती रोकाय ७२५ र दलित महिला सदस्यमा एमालेकै हरिकला सुनारले ७१४ मत ल्याएर विजयी भएका छन्।

अध्यक्ष पदमा भने नेकपा एमालेले अग्रता लिएको छ। एमालेले ७३०, कांग्रेसले ३५३ मत ल्याएको छ। उपाध्यक्षमा एमाले ७०४ र कांग्रेस ५७६ मत ल्याएको छ।

प्रकाशित मिति: : 2022-05-14 11:56:00

प्रतिकृया दिनुहोस्