जुम्लाकाे चन्दननाथन नगपालिकाकाे मेयर पदमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले लिड गरेका छन्।
वडा नम्बर एककाे छ सय ५१ मत गणना हुँदा कठायतले दुई सय ५६ मत ल्याएका हुन्।
त्यस्तै नेपाली कांग्रेसका पदम बहादुर शाहीले एक सय २७ र माओवादी केन्द्रका एक सय १५ मत ल्याएका छन्।
उपमेयरमा कांग्रेसकी रामदेवी खड्काले दुई सय २५ मत ल्याएकी छन् भने माओवादीकी पूर्णिमा विक रचनाले एक सय ४६ र एमालेकी मेनका रेग्मीले ९४ मत ल्याएकी छिन्।