युगान्डासंगको शृंखलामा दर्शक प्रवेश निशुल्क

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल राष्ट्रिय महिला क्रिकेट टिम र युगान्डाबीचको पाँच खेलको टी– ट्वान्टी शृंखलामा दर्शकले निशुल्क हेर्न प्रवेश गर्ने पाउने भएका छन्।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने शृंखलामा दर्शकले निशुल्क प्रवेश पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।   

नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न लागेको हो। यसैकारण दर्शकहरुलाई प्रोत्साहन गर्न प्रवेश निःशुल्क गरिएको क्यानले जनाएको छ।

शृंखलाका लागि नेपालले रुविना क्षेत्रीको कप्तानीमा १६ सदस्यीय टोलीसमेत घोषणा गरिसकेको छ। 

नेपालले २ जेठमा शृंखलाअन्तर्गतको पहिलो खेल खेल्नेछ। यस्तै, नेपालले तीन गते दोस्रो, पाँच गते तेस्रो, ६ गते चौथो र सात गते पाँचौ खेल खेल्नेछ।

प्रकाशित मिति: : 2022-05-15 08:34:00

प्रतिकृया दिनुहोस्