तेस्रो टी-२० शृंखलामा घरेलु टोली नेपालले युगान्डालाई जितका लागि एक सय रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएकाे हाे।
नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाइन्। ५४ बलको सामना गरेकी ज्योतिले ५ चौका प्रहार गरेकी थिइन्। यस्तै, कप्तान रुविना क्षेत्रीले १८ रन बनाउँदा सीता राना मगरले १२ रन बनाइन्। सरिता मगर र कविता कुवँर शून्यमा आउट भए।
बिन्दु रावल, इन्दु बर्मा, रोमा थापा र डल्ली भट्टले भने दोहोरो अंक जोड्न सकेनन्। युगान्डाको लागि फिओना कुलुमे, साराह एकिटेङ र कोन्सी अवेकोले समान दुई विकेट लिए। यस्तै, जनित एमबाबाजी र रिता मुसामालीले एक विकेट लिए।
नेपाल आज पहिलो जित निकाल्दै शृंखलामा पुनरागमन गर्न चाहन्छ। यता, युगान्डा भने लगातार तीन खेल जिँत्दै शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ।