नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव'काे गृह नगर कपिलवस्तुको शिवराज नगरपालिकाको मेयर पद राप्रपाले जितेकाे छ।
नगरपालिकामा राप्रपाका उम्मेदवार अजय थापा ७ हजार ६०२ मतसहित विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भएका हुन्।