एन्फा चुनाव : पंकज समूहले आज उम्मेदवारी घोषणा गर्ने

फाइल तस्विर
फाइल तस्विर

अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ समूहले आज (शुक्रबार) उम्मेदवारी घोषणा गर्दैछन्।

६ असारमा हुने चुनावको लागि आजबाट उम्मेदवारी मिति सुरु भएको छ। एन्फा अध्यक्षका लागि पंकजले आफ्नो समूहको नेतृत्व गर्दै अध्यक्षमा उम्मेदवारी दिँदैछन।

यस्तै वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारी दिने तयारी गरेका छन्। ललितपुरस्थित होटेल हिमालयमा यस समूहले पत्रकार सम्मेलन गर्दै साढे १२ बजे उम्मेदवारी दिँदैछ।

आज नै वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालेसमेत उम्मेदवारी दिने भएका छन्। अध्यक्ष शेर्पाले भने,‘शुक्रबार अध्यक्ष पदका लागि उम्मेदवारी दिँदै छु। अन्य पदका लागि साथीहरुसँग सल्लाह भइरहेको छ।’

यसअघि २०७४ जेठमा कर्मा पहिलो पटक एन्फा अध्यक्षको रुपमा निर्वाचित भएका थिए।

तर, यसपटक उनैलाई साथ दिएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्रतिद्वन्दीका रुपमा उत्रने तयारी गरेका हुन्।

प्रकाशित मिति: : 2022-05-20 09:01:00

प्रतिकृया दिनुहोस्