पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री

File photo
File photo

कतार विश्वकप फुटबल २०२२ मा पहिलो पटक महिला रेफ्रीले खेल खेलाउने भएका छन्।

फिफाले विश्वकपका लागि छनोट भएका ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो म्याच अफिसियल छनोट गरेको छ।कतारमा आयोजना हुने फिफा विश्वकपमा पहिलो पटक महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका हुन्।

विश्वकपका लागि छनोट भएका रेफ्रीहरुमा फ्रान्सकी स्टेफनी फ्रापर्ट, रुवान्डाकी सालिमा मुकानसंगा र जापानकी योशिमी यामाशिता रहेकी छिन्। कतार विश्वकप आगामी २१ नोभेम्बरबाट सुरु हुनेछ। 

प्रकाशित मिति: : 2022-05-20 16:08:00

प्रतिकृया दिनुहोस्