नेपालले दियो ९८ रनको लक्ष्य

Photo : CAN
Photo : CAN

महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपालले युगान्डासामु ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

वर्षाका कारण  १८ ओभरमा घटाइएको खेलमा टस जितेर पहिला ब्याटिङमा आएको नेपालले १७.५ ओभरमा सबै विकेट गुमाएर ९७ रनको योगफल तयार गर्‍यो।

यसअघि ओसिलो मैदानकै कारण खेल टस निर्धारित समयमा हुन सकेको थिएन। नेपालकी ओपनर ज्योति पाण्डेले सर्वाधिक १७ रनको योगदान गरिन्।

उनले १३ बल खेल्दै ४ चौका प्रहार गरिन्। यस्तै, अर्की ओपनर विन्दु रावलले १६ रन जोडिन्। यसबाहेक सीता राना मगर ११ रन जोडेर पभेलियन फर्किइन् भने अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्।

युगान्डाकी कप्तान कोन्की अवेकोले सर्वाधिक तीन विकेट लिइन्। उनले चार ओभरमा १३ रन खर्चिइन्। यस्तै, साराह अकिटेङले दुई तथा जानेत बाबाजीले एक विकेट लिइन्।

पाँच खेलको शृंखलामा लगातार तीन खेमा हार बेहोरेको नेपालले शृंखला गुमाइसकेको छ। नेपाल पहिलो खेलमा १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति: : 2022-05-20 16:56:00

प्रतिकृया दिनुहोस्