शीर्ष स्थानको म्यानचेष्टर सिटी कि दोस्रो स्थानको लिभरपुर च्याम्पियन ? के टोटनहम उत्तरी लन्डर टिम आर्सनललाई हराएर चौथो स्थानमा रहँदै यूईएफए च्याम्पियन्स लिगमा छनोट होला ? वर्नली वा लिड्स युनाइटेड कुन टिम च्याम्पियनसिपमा जाँदै छ।
यी सबै प्रश्नको उत्तर सिजन २०२१–२२ प्रिमियर लिगको अन्तिम दिन पाइनेछ। जुन प्रश्नकाे उत्तर नाटकीय र भावनात्मक रुपमा रहेका छन्। पछिल्लो १० वर्षमा पहिलो पटक यस्तो हुने भएको हो। अन्तिम दिन उपाधि विजेता, शीर्ष चार र रेलिगेशन हुने टोलीको टुंगो लाग्नेछ।
जारी लिगमा सबै टोलीले ३७ खेल खेलिसकेका छन्। आइतबार राति नेपाली समय अनुसार पौने ९ वजे एकै समयमा १० खेल हुँदैछन्।
सिटी ९० अंक सहित शीर्ष स्थानमा छ। लिभरपुल ८९ अंकसहित दोस्रो स्थानमा छ। अन्तिम दिन सिटीले घरेलु मैदानमा एस्टन भिल्लालाई आतिथ्य गर्नेछ। यता, उल्भ्सको घरेलु मैदानमा लिभरपुल भ्रमण गर्नेछ।
उपाधिका लागि सिटीले एस्टन भिल्लालाई हराए सिधै उपाधि जित्नेछ र यसमा लिभरपुरको केही लाग्ने छैन। यदि दुबै खेल बराबरीमा सकिए सिटीले स्वतः जित्ने नै छ।
अब, रह्यो लिभरपुलले उल्भ्सलाई हराउने र भिल्लासँग सिटी हार्ने। यो समीकरणमा मात्र लिभरपुल विजेता हुनेछ। यदि सिटी रोकिएर लिभरपुलले जिते लिभरपुल च्याम्पियन हुनेछ।
घरेलु मैदानमा पेप ग्वार्डिओलाको सिटी विजेता बने उसले पछिल्लो पाँच सिजनमा चार पटक लिगको उपाधि जित्नेछ।
यता, चेल्सी तेस्रो स्थानमा ढुक्क भइसकेको छ। उसको ७१ अंक छ। सिटी, लिभरपुल र चेल्सी आगामी सिजनका लागि यूईएफए च्याम्पियन्स लिगका लागि छनोट भएका छन्। अब पालो चौथो स्थानमा रहनेको छ।
चौथो स्थानमा रहन लन्डन क्लबद्वय टोटनहम र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ। टोटनहमको ६८ अंक छ। आर्सनल ६६ अंकसहित पाँचौं स्थानमा छ। अन्तिम दिन आर्सनलले एभर्टन र टोटनहमले नर्विच सिटीको सामना गर्नेछ। दुबै टोलीले जितेको खण्डमा टोटनहम शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुनेछ। यदि टोटनहम हारको खण्डमा आर्सनल जित्यो भने अवसर पाउने पक्का छ।
अब, प्रिमियर लिगको प्रतिस्पर्धा बाँकी स्थानको लागि छाडेर रेलिगेसन क्षेत्रमा हुनेछ। दुई क्लब रेलिगेसनमा परेर च्याम्पियनसिप खेल्ने पक्का भइसकेको छ। नर्विच र वाट्फोर्डले प्रिमियर लिगको हैसियत गुमाइसकेका छन्।
अब पालो एक क्लबको। त्यसको प्रतिस्पर्धामा छन् लिड्स युनाईटेड र वर्नली। लिड्स र वर्नलीको समान ३५ अंक छ। दुबै टिमको बराबर र हारले लिड्स रेलिगेशनमा पर्नेछ।
यदि अन्तिम खेलमा वर्नलीले न्युक्यासलसँग जित निकाले हैसियत कायम राख्नेछ। यदि हारले भने लिड्सको नतिजा कुर्नुपर्छ। लिड्सले अन्तिम खेलमा बे्रन्टफोर्डको सामना गर्दैछ। यदि यो खेलमा लिड्स जिते र वर्नली हारेको खण्डमा वर्नली नै रेलिगेशनमा पर्नेछ।
यस्तै रातिको अन्य खेलमा ब्राइटोन र वेष्ट ह्याम, चेल्सी र वाटफोर्ड, क्रिष्टल प्यालेस र म्यानचेष्टर युनाईटेड तथा लेष्टर र साउथह्याम्पटन भिड्नेछन्।