नेपालमा थप ६ जनामा कोरोना पुष्टि

file photo
file photo

पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६९६ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, ५३० जनाको एन्टिजेन परीक्षण गर्दा संक्रमणदर शून्य देखिएको छ। २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन्।

आज मृत्युदर भने शून्य छ। २४ घण्टामा १३ हजार ३०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल देशभर सक्रिय संक्रमित १४१ जना रहेका छन्।

प्रकाशित मिति: : 2022-05-22 18:48:00

प्रतिकृया दिनुहोस्