मोरङको सुन्दर हरैँचामा एमाले विजयी

मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन्।

गुरागाईँले निवर्तमान मेयरसमेत रहेका कांग्रेसका शिवप्रसाद ढकाललाई हराएका हुन्। गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाए।

उपमेयरमा चौधरी २२ हजार ४ सय ५२ मतसहित विजयी भएकी हुन्। निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए।

प्रकाशित मिति: : 2022-05-23 07:18:00

प्रतिकृया दिनुहोस्