फ्रेन्च ओपन: राडुकानु बाहिरिइन्

photo : punjab kesari
photo : punjab kesari

दोस्रो चरणमा एलेकसान्डा सास्नोभिचसँग पराजित भएसँगै इम्मा राडुकानु फ्रेन्च ओपन ग्रान्डस्लामबाट बाहिरिएकी छिन्।

बुधबार भएको खेलमा विश्व वरीयताको १२औं स्थानकी राडुकानु बेलारुसकी सास्नोभिचविरुद्ध पहिलो सेटमा जित निकाले पनि त्यसपछिको दुई सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन्।

राडुकानु वरीयताको ४७औं स्थानमा रहेकी सास्नोभिचसँग ६–३ १–६ १–६ को सेटमा पराजित भइन्।

राडुकानुको चुनौती पन्छाएसँगै सास्नोभिचले तेस्रो चरणमा एन्जेलिक कार्वेर र एल्सा ज्याक्युमोटबीचको विजेतासँग खेल्नेछिन्।

प्रकाशित मिति: : 2022-05-25 18:12:00

प्रतिकृया दिनुहोस्