रानीवनलाई हराउँदै आरसी ३२ दोस्रो स्थानमा उक्लियो

File Photo
File Photo

रानीवन स्पोर्ट्स एकेडेमीलाई २-१ अन्तरले हराउँदै आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ। 

बिहीबार एन्फा कप्लेक्स सातदोबाटोमा आरसी ३२ को जितमा बबिन बोहरा र विवेक सन्तोषीले एक एक गोल गरे। रानीबनका किशन कठायतले सान्त्वाना गोल गरे। 

जितसँगै आरसी ३२  एघार खेलबाट २५ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। पराजित रानीवनले ११ खेलमा ११ अंक जोडेर १०औं स्थानमा छ। 

पहिलो पटक सी डिभिजन लिग खेलिरहेको आरसी ३२ दोस्रो डिभिजन लिग उक्लने संघारमा छ। समान २५ अंक भएको झापा एक खेल कम खेल्दै शीर्षस्थानमा छ। 

जारी लिगको तीन चरणको खेल बाँकी छ। शीर्ष दुई क्लब बी डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टिमको तेस्रो डिभिजन लिग हैसियत गुमाउने छन्। 

प्रकाशित मिति: : 2022-05-26 18:21:00

प्रतिकृया दिनुहोस्