मेरो टोपी मैलो हाेइन, यही माटोको टीका लागेको

राजधानी दैनिक

युमाश शेर्पा

ढाका टोपी । सर्ट–पाइन्ट । यो लेखको शीर्षक बनाइएको गोपाल योञ्जनको गीतजस्तै लाग्छ, उनलाई देख्दा । सामान्य, एकदमै सामान्य । अनि, ‘हठी’ पनि । हो नि । अहिले देशभित्र मात्रै हैन, सीमा–समुद्रपारि पनि ‘हर्के’, ‘हर्क’ र ‘हर्कु’ कहलिएका छन्, उनी ।

१९ वैशाख २०७९ बिहान ११ः४१ बजे सामाजिक सञ्जाल (फेसबुक)मा उनले पोस्ट गरेका छन्, ‘जन्मभूमि ढोगेर सुरु गरियो, घरदैलो ।’

त्यसको झन्डै १९ दिनपछि ८ जेठ २०७९ राति १०ः३५ बजेको पोस्टमा उनले ‘प्रतिबद्धता’ जनाएका छन्, ‘धराने जनतालाई सदा शिरोपर राखेर काम गर्नेछु ।’

जन्मभूमि ढोगेर चुनावी ‘घरदैलो’ थालेका उनै ‘हर्के’ धरानको ‘मेयर’ बनेका छन् । विजयी भएकै रात ‘ढाका टोपी’ थपना गरेर भाकेको ‘कसम’ पूरा गर्न अहिले पनि उनी ‘घरदैलो’मै छन् ।
‘पहिले म आवाज उठाउने ठाउँमा थिएँ, अहिले आदेश मान्ने ठाउँमा छु,’ २०६८ को जनगणनाअनुसार १ लाख ३७ हजार ७ सय ५ जनसंख्या रहेको धरान उपमहानगर प्रमुख हर्क साम्पाङ राई भन्छन्, ‘ममा केही पनि परिवर्तन आएको छैन र आउने पनि छैन । जिम्मेवारीमात्रै बढेको हो, जुन पूरा गर्न मलाई कसैले रोक्नेवाला छैन ।’

प्रकाशित मिति: : 2022-05-28 13:01:00

प्रतिकृया दिनुहोस्