राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

file photo
file photo

अमेरिकामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ। 

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममार्फत बिदाइ गरे। 

नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। 

सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सस जान लागेको हो।
 

प्रकाशित मिति: : 2022-05-28 20:04:00

प्रतिकृया दिनुहोस्