स्थानीय तहको निर्वाचनका कारण रोकिएको गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटाको एकल कन्सर्ट ‘कालीप्रसाद बासकोटा लाइभ’ यही २१ जेठ अर्थात ४ जुनमा दरबारमार्गको क्लब प्लाटिनममा हुने भएको छ।
कार्यक्रमको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्क हो।
पीभीइ नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउण्ड, एलइडी स्क्रिनमा काली सुनिनेछन्। कार्यक्रममा अन्य कलाकारहरुको आकर्षक नृत्य प्रस्तुति पनि हुनेछ।
बासकोटाका अनुसार कोभिड महामारीपछि काठमाडौंमा उनको यो पहिलो प्रस्तुती हुनेछ। उनले गाएका गीतहरु ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो ’लगायत लोकप्रिय छन्। उनी केही समयअघि सम्पन्न गायन रियालिटी शो ‘सा रे ग म प’को निर्णायकसमेत हुन्।
यसबाहेक उनले ‘नेपाल आइडल’को सिजन १, २ र ३ मा पनि निर्णायकको भूमिका निभाइसकेका छन्।