पोग्वाले छाडे युनाइटेड

photo : euro sport
photo : euro sport

फ्रान्सका स्टार खेलाडी पाउल पोग्वाले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाडेका छन्। 

सम्झौता अवधि सकिएसँगै निःशुल्क ट्रान्सफरमा युनाइटेड छाडेको क्लबले जनाएको छ। 

फ्रान्सलाई सन् २०१८ मा विश्वकप जिताएका २९ वर्षीय पोग्वाले विश्व कीर्तिमान सहित सन् २०१६ मा युभेट्सबाट युनाईटेडमा जोडिएका थिए । 

ओल्ड ट्राफोर्डमा रहँदा पोग्वाले २२६ खेलमा ३९ गोल गरेका छन्। 
 

प्रकाशित मिति: : 2022-06-01 17:04:00

प्रतिकृया दिनुहोस्