यू-१९ क्रिकेटः भुटानविरुद्ध नेपाल बलिङ गर्दै

File photo
File photo

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ।

मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो। नेपाल दोस्रो जितको खोजीमा रहेको छ।

यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ। 

नेपाल पहिलो खेलमा कतारविरुद्ध ७९ रनले विजयी भएको थियो भने यूएईसँग १० विकेटले पराजित भएको थियो। 

प्रकाशित मिति: : 2022-06-06 11:42:00

प्रतिकृया दिनुहोस्