नेपालले ओमानविरुद्ध फिल्डिङ गर्ने

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले ओमानविरुद्ध फिल्डिङ गर्ने भएको छ।

बिहीबार राति  ह्युस्टस्थित मुसा क्रिकेट मैदानमा टस जितेसँगै ओमानका कप्तान जिशान मकसुदले ब्याटिङ रोजेका हुन्। 

ओमानविरुद्धको खेलमा सुनिल धमलाले डेब्यू गरेका छन्। धमला २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन्। 

अन्तिम ११ : सन्दीप लामिछाने, रोहित पौडेल, आरिफ शेख, सुशन भारी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, देव खनाल, सुनिल धमला र सुवास खकुरेल
 

प्रकाशित मिति: : 2022-06-09 21:08:00

प्रतिकृया दिनुहोस्