मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
विहीबार भएको खेलमा घरेलु टोली विजय युथ क्लब र विदेशी टोली क्यामरुनको एभिनियर एफसी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो।
बिहीबार बिहान भएको खेलमा विजय युथले नवजनजागृति युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। बुधबार दिउँसो बर्षाको कारण स्थगित भएको विजय यूथ र सिमराको खेल बिहीबार बिहान खेलाइएको हो। विजय यूथका लागि अमिर श्रेष्ठ, संजोग राई र सुनिल घलानले समान १÷१ गो गरे। सिमराका डिफेण्डरले विजय युथका अमिर श्रेष्ठलाई लडाएपछि प्राप्त पेनाल्टीलाई श्रेष्ठले सदुपयोग गर्न सकेनन्। खेलको म्यान अफ द म्याच विजय यूथका सुनिल घलान भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
त्यसैगरी विहीबार दिउँसो भएको खेलमा क्यामरुनको एभिनियर एफसीले ए डिभिजन टोली चर्च ब्वाइजलाई ४–० ले हराएको हो। चारै गोल पहिलो हाफमा भएको थियो। एभिनियरका लागि बिल्ले, टिम्बा टिम्बा, एब्डेल र सेम सेम समान १÷१ गोल गरेका थिए। दोस्रो हाफमा भने चर्च ब्वाइजले सम्हालिएर खेल्दै सुधारिएको खेल प्रश्तुत गरेका थिए।
यसअघि भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल पुलिस क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइन प्रवेश गरेको हो। शुक्रबारबाट सेमीफाइनल खेल हुनेछ। पहिलो सेमीफाइनल खेल विजय यूथ र नेपाल पुलिस क्लबबीच हुनेछ भने शनिबार दोस्रो सेमीफाइनल आर्मी र एभिनियर एफसी बीचमा हुनेछ।
३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन्।