बलात्कार आराेपबाट मुक्त भए रोनाल्डो

Getty Images
Getty Images

फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले लगाएको बलात्कारको मुद्दा खारेज भएको छ।

अमेरिकी न्यायाधिस जेनिफर डोर्सीले म्यानचेस्टर युनाईटेडका रोनाल्डोमाथि लगाइएको मुद्दा खारेज गरेको हो।

अमेरिकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा लस भेगासमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। साेही अनुसार मायोर्गाले सन् २०१८ मा रोनाल्डोविरुद्ध मुद्दा दर्ता गरेका थिए।

तर, मायोर्गाको वकिलले चुहावट र चोरीको रेकर्डको भरमा मुद्दा दर्ता गरिएको भन्दै खारेज गरिएको हो।

प्रकाशित मिति: : 2022-06-12 08:53:00

प्रतिकृया दिनुहोस्