बिक्न छाडेको हिन्दुत्वको पुनरावृत्ति : ‘पृथ्वीराज चौहान’

रातोपाटी

हिरा विश्वकर्मा

अहिले भारतीय मिडियामा दुईटा ठूला फिल्म चर्चामा छ, एउटा अक्षयकुमार स्टारर ‘पृथ्वीराज चौहान’ र अर्को दक्षिण भारतीय सुपरस्टार कमल हासन अभिनित ‘विक्रम’ । दक्षिण भारतीय फिल्म हुँदा हुँदै पनि यसले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

यसका अभिनेता कमल हासनले आफ्ना निर्देशकलाई टोयोटाको लेक्सस कार फिल्मको सफलताको कारणले उपहार समेत दिएका छन् । यता ‘पृथ्वीराज’ राम्रो व्यानर र स्टारडम भएका अक्षयकुमार हुँदा हुँदै पनि फ्लप हुने अवस्थामा पुगेको छ । जवकी यसलाई विजेपी शासित राज्यहरुले ट्याक्स फ्रि समेत गरिसकेका छन् ।

यी सवैका वावजुद यो फिल्म किन असफल भइरहेको छ, यो खोजीको विषय हो । तर यसले दिन खोजको एउटा सन्देश भने विजेपी र यसको भातृसंगठन आरएसएसले फैलाउन खोजेको हिन्दुत्वको गौरवगाथा भने बिक्न छाडेको पक्कै हो । 

प्रकाशित मिति: : 2022-06-14 13:38:00

प्रतिकृया दिनुहोस्