दोस्रो एकदिवसीयमा श्रीलंकाले अष्ट्रेलियालाई हरायो 

File Photo
File Photo

दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई  डिएल मेथोड पद्धतिको आधारमा २६ रनले हराएको छ। 

बिहीबार राति श्रीलंकामा भएको खेलसँगै पाँच श्रृंखलाको खेल १-१ को अवस्थामा आईपुगेको छ। पहिलो खेल अष्ट्रेलियाले दुई विकेटले आफ्नो पक्षमा पारेको थियो। 

श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ३७ ओभर १ बलमा सवै विकेट गुमाउँदै १८९ रनमा समेटिन पुग्यो। 

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३७ रन जोड्दा ग्लेन म्याक्सवेलले ३० रन बनाए। श्रीलंकाका चामिथा करुनारत्नेले सर्वाधिक तीन विकेट लिए। 

यसअघि वर्षाले प्रभावित खेलमा पहिले टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ४७ ओभर ४ बलमा ९ विकेट गुमाएर २२० रनको योगफल तयार पार्याे। 

श्रीलंकाका कुशल मेन्डिसले सर्वाधि ३६ रन जोडे। यस्तै, कप्तान डसुन शनका र धनन्जय डी सिल्भाले समान ३४ रन जोडे।

अष्ट्रेलियाका पाट कमिन्सले सर्वाधिक ४  विकेट लिए। 

प्रकाशित मिति: : 2022-06-17 06:22:00

प्रतिकृया दिनुहोस्