जुम्लाकी मञ्जु बनिन् चाैंथाे ‘गुरिल्ला अल्ट्रा म्याराथन’ विजेता

बिएल संवाददाता

रूकुम (पूर्व)

जुम्लाकी मञ्जु रावत रूकुम (पूर्व)काे भूमेमा सम्पन्न चाैंथाे ‘गुरिल्ला अल्ट्रा म्याराथन’ अन्तर्गत ६२ किलाेमिटर प्रतियाेगितकाे विजेता बनेकी छिन। शुक्रबार सम्पन्न प्रतियाेगितामा रावतले ६२ किलाेमिटरकाे दुरी ६ घण्टा ५६ मिनेट ३६ सेकेण्डमा पूरा गर्दै विजेता बन्न सफल भएकी हुन्।

भूमे गाउँपलिका रुकुम पूर्वमा प्रत्येक वर्ष आयोजना हुने गुरिल्ला अल्ट्रा म्याराथन प्रतियोगिता युवा विकास केन्द्रले सञ्चालन गर्दै आएको छ। जसमा भूमे गाउँपालिका रुकुम (पूर्व)को आर्थिक सहयोग रहेको छ।

प्रकाशित मिति: : 2022-06-17 14:14:00

प्रतिकृया दिनुहोस्